कैलालीमा भन्सार छलेर ल्याएको सामान बरामद

कैलाली , कार्तिक १४, २०७५ ।

कैलालीमा भन्सार छलेर ल्याउँदै गरेको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। गयराती भन्सार छलेर ल्याउँदै गरेको सामान बरामद गरिएको हो।

सशस्त्र प्रहरी गण नम्बर ३४ कैलालीका सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद भट्टका अनुसार जिल्लाको हसुलियाबाट झण्डै २ लाख बराबरको पटाका, फेन्सी तथा अन्य किराना सामग्री बरामद भएको हो।

Exit mobile version