दृष्टि फउण्डेसनलाई सहयोग

धनगढी, मंसिर १३, २०७५ ।

धनगढीको दृष्टि फउण्डेसनलाई खाद्यन्य संगै अन्य लुगा कपडाहरु सहयोग गरिएको छ। ऐश्वर्या बिद्या निकतन बिद्यालयका बिद्यर्थीहरुले दृष्टि फउण्डेसनलाई सहयोग गरेका हुन्।

केहि खाद्यान्य सामाग्रीसंगै जाडो महिना सुरु भएकाले जाडोमा लगाउने चप्पल र ७ ओटा बलाङ्केट गरि २६ हजार बराबरको सामाग्री सहयोग गरिएको हो।

बिद्यार्थीहरुले आफ्नै पहलमा कोष स्थापना गरि जम्मा भएको रकम र तिहारको समयमा देउसी भैलोबाट जम्मा भएको रकमले दृष्टि फउण्डेसनलाई सहयोग गरेको कोषका अध््यक्ष लवदेव भट्टले बताए।

Exit mobile version