कञ्चनपुरमा फरुवा प्रहार गरी महिलाको हत्या गर्ने एक जना पक्राउ

कञ्चनपुर ,चैत २६ गते ।

कञ्चनपुर प्रहरीले फरुवा प्रहार गरी महिलाको हत्या गरेको आरोपको एक जनालाई पक्राउ गरेको छ।

सोमबार बिहान कञ्चनपुरको लालझाडी गाउँपालिका १ बस्ने राम कृपाल रानाकी ५० वर्षीया श्रीमती बासमती रानालाई फरुवा प्रहार गरी हत्या गरेको आरोपमा सोही स्थानका २५ वर्षीय निरज रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

रानाले टाउकोमा फरुवाले प्रहार गरेपछि   घटना स्थलमै बासमतीको  मृत्यु भएपछि उनलाई ईलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक ज्ञान बहादुर विष्टले जानकारी दिए।

मृतकको शव परिक्षणका लागि सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ।

Exit mobile version