कैलालीबाट राजस्व छली गरी लैजाँदै गरेको १ सय ४० बोरा गुट्खा बरामद

कैलाली,चैत २७ गते ।

कैलालीबाट राजस्व छली गरी लैजाँदै गरेको अवस्थामा १  सय ४० बोरा गुट्खा बर्दीयामा बरामद गरेको छ।

कैलाली जिल्ला लम्कीचुवा नगरपालिकाबाट लैजादै गरिएको १ सय ४० बोरा मेघाश्री गुट्खा बर्दीयाको बासगढीमा बरामद गरिएको हो।

भे १ च ३०६२ नम्बरको बलेरो पिकअप जीपमा लैजाँदै गरेको अवस्थामा बाँसगढी नगरपालिका वडा नम्बर ५ बाँसगढी बजारबाट गुटखा बरामद गरिएको हो।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बाँसगढीबाट प्रहरी निरीक्षक बसन्त कुमार गौतमको कमाण्डमा रहेको टोलीले मेघाश्री गुटखा बरामद गरेको हो। बरामद गरिएको गुट्खा आवश्यक कारवाहीका लागि आन्तिरिक राजस्व कार्यालय कोहलपुरमा पठाएकोे छ।

चालक चौधरीलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ।

कैलाली जिल्लास्थित श्रीदेउती गुट्खा इण्डष्ट्रिजबाट लक्ष्मी टेड्रिङ कोहलपुरमा उक्त गुट्खा पठाउन लागेको विल प्राप्त भएको प्रहरीले जनाएको छ।

१ सय ४० बोरा मध्ये सय बोरामा स्टीकर समेत नरहेको प्रहरीले जनाएको छ।

Exit mobile version