कञ्चनपुरमा तनाव : प्रहरी चौकी घेराउ र चक्काजाम

कञ्चनपुर,वैशाख २ गते ।

चार दिन देखि वेपत्ता रहेका कञ्चनपुरको कृष्णपुर नगरपालिका ८ का सुविल बडायकको खोजीमा प्रहरीले सहयोग नगरेको भन्दै स्थानीय प्रर्दशनमा उत्रिएका छन्।

कृष्णपुर नगरपालिका वडा नम्बर ७ मा आज बिहान बडायकको टि–सर्ट रगतले लतपतिएको अवस्थामा भेटिएपछि समेत प्रहरीले वेवास्ता गरेको भन्दै स्थानीयले प्रर्दशन गरेका हुन्।

आक्रोशित स्थानीयले ईलाका प्रहरी चौकी रैकवार विचुवा घेराउ गर्नका साथै टायर बालेर सडकमा जग्गाजामा गरेका छन्।

गत चैत २८ गते कृष्णपुर नगरपालिका ७ कलुवापुरमा स्थानीयको विवाहमा आएका १९ वर्षीय सुविल वडायक सम्पर्क विहिन भएका थिए।

तर उनले लगाएको टि–सर्ट रगतले लतपतिएको अवस्थामा वडा नम्बर ७ को पछिलपट्टी भन्ने स्थानमा खेतमा भेटिएको प्रहरीले जनाएको छ। बडायकको हत्या गरेको आशंका गरिएको छ।

प्रहरीले वडायकको खोजी तिव्र पारिएको जनाएको छ।

Exit mobile version