कैलालीमा गोली चल्यो

कैलाली, वैशाख २ गते ।

कैलालीको कैलारी गाउँपालिका वडा नम्वर ६ मा गोली चलेको छ। स्थानीयका अनुसार एक राउण्ड गोली चलेको हो।

गाउँपालिकाको वडा नम्वर ६ खैराखेडामा गोली चलेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी उपरिक्षक आभुषण तिम्सिना नेतृत्वको टोली घटनास्थल तर्फ गईरहेको छ।

घटनास्थलमा कोही नभेटिएको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार विप्लवका एक जना कार्यकर्तालाई लक्षित गरि गोली चलाईएको हो। थप विवरण आउन बाँकी छ।

 

Exit mobile version