कैलालीमा जनप्रतिनिधिको बिरोधमा प्रहरी कार्यालय घेराउ

कैलाली,वैशाख ६ गते ।

कैलालीमा जनप्रतिनिधिको बिरोधमा प्रहरी कार्यालय घेराउ गरिएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर १ का जनप्रतिनिधिको विरोध गर्दै ईलाका प्रहरी कार्यालय मालाखेतीमा घेराउ गरिएको हो। बिहिवार पुर्वपश्चिम राजमार्गदेखि बसन्तपुर जोड्ने सडक कालोपत्रेको विषयमा विवाद भएपछि जनप्रतिनिधिले प्रहरीलाई बोलाउँदै स्थानीयलाई नियन्त्रणको प्रयास गर्दा प्रहरी कार्यालय घेराउ गरिएको हो।

वडा नम्वर १ का सदस्य कृतवहादुर चन्दले स्थानीयले आफुलाई गालीगलौज गरेको भन्दै प्रहरीमा निवेदन दिएका थिए।

ईलाका प्रहरी कार्यालयबाट स्थानीयलाई पक्राउ गर्न प्रहरी टोली गएपछि स्थानीय वासिन्दाले विरोध गर्दै प्रहरी कार्यालयमा घेराउ गरेका हुन्।

स्थानीयले आधा सडक मात्रै कालोपत्रे गरेको भन्दै स्थानीय जनप्रतिनिधिलाई पुरै सडक कालोपत्रेको माग गरेका थिए। सो क्रममा स्थानीयले गालीगलौज गरेको आरोप वडा सदस्य चन्दको छ।

तर स्थानीयले भने विकास निर्माणको माग गर्दा प्रहरी लगाएर पक्राउ गर्न खोजेको आरोप लगाएका छन्।

उक्त सडक प्रदेश सरकारको बजेटमा निर्माण भईरहेको हो।

Exit mobile version