बाजुरामा विप्लव समूहका जिल्ला इन्चार्ज सहित १० जना पक्राउ

बाजुरा, वैशाख १७ गते ।

बाजुरामा विप्लव समूहका जिल्ला इन्चार्ज सहित १० जना कार्यकर्ता पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यलय बाजुराको टोलीले बुढिगंगा नगरपालिकाका १ अम्कोटबाट जिल्ला इन्चार्ज भुपेन्द्र विक सहित १० जनालाई पक्राउ गरिएको जनाएको छ।

बाजुराका प्रमुख प्रहरी नायब उपरिक्षक उधव भाटले जिल्ला इन्चार्ज विक सहित जिल्ला सचिव भरत थापा, सदस्य अंगराज भण्डारी र पवित्रा बिकलाई पक्राउ गरिएको जानकारी दिए।

यस्तै विद्यार्थी नेता गोरख रोकाया, समिक्षा विक, सुशिला विक, सुस्मिता विक, केशातार विक र प्रेम थापालाई पनि नियन्त्रणमा लिईएकाृ भाटले बताए।

उनीहरुलाई आज बिहान पक्राउ गरिएको हो। प्रहरीले उनीहरुको साथबाट गोली बनाउन प्रयोग हुने विभिन्न समाग्री समेत बरामद गरेको छ।

प्रक्राउ परेका विप्लव समुहका कार्यक्रतालाई मुद्धा चलाउने तयारी भएको छ।

Exit mobile version