डडेल्धुराको अमरगढी नगरपालिका १ दह भेटामा करेन्ट लागेर एक किशोरको मृत्यु

डडेल्धुरा, बैशाख २० ।

डडेल्धुरामा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ। अमरगढी नगरपालिका १ दह भेटामा लच्किएको तार छुँदा स्थानीय १७ वर्षीय तेजबहादुर ऐरको बिहीबार बेलुका करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको हो।

काँचो काठ बोकेर ल्याउने क्रममा भुइतिर नजिकै लच्किएको बिजुलीको तारमा छुँदा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए। १३३ केभीको चमेलीया जलबिद्युत आयोजना लाईनको तारमा उनले काटेर ल्याएको काँचो काठ तारमा छोइएपछि करेन्ट लागेको उनले बताए।

उनको मृत्युपछि स्थानीयले विद्युत प्राधिकरण वितरण केन्द्रको लापरबाहीले करेन्ट लागेको भन्दै भीमदत्त राजमार्गको स्याउले नजिक बिहीबार बेलुकीदेखि १० घण्टा सडक अवरुद्ध गरेका थिए। मृतका परिवारलाई विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराले क्षतिपूर्ती दिने सहमतिपछि अवरुद्ध भीमदत्त राजमार्ग शुक्रबार बिहान ४ बजेदेखि सुचारु भएको हो ।

स्थानीयले सडक अवरुद्ध गरेपछि तराईबाट ७ पहाडी जिल्ला आवत जाउत गर्ने सवारीका साधनहरु रोकिँदा यात्रुहरु बिहीबार रातभरी अलपत्रमा परेका थिए।

Exit mobile version