कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु

कैलाली , वैशाख २८ ।

कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ।

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ७ को रोरा नदीमा डुबेर दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा लम्कीचुहा वडा नम्बर ९ का मनोज चौधरीका ११ वर्षीय छोरा सुदिप र पर्शु चौधरीका ११ वर्षीय छोरा समिरको नदीमा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतले नदीमा नुहाउन गएका बेला बालकहरु डुबेर मृत्यु भएको जानकारी दिए।

दुवैको शव परिक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ।

Exit mobile version