बैतडीमा एक किशोरी मृत फेला, हत्याको आशंकामा युवक पक्राउ

बैतडी,जेठ २ गते ।

बैतडीको मेलौलीमा एक किशोरी मृत फेला परेकी छिन्। जिल्लाको मेलौली नगरपालिका वडा नम्वर ७ बनालीमा १९ बर्षीय सावित्री चन्द मृत फेला परेकी हुन्। घर नजिकैको मेलको रुखमा झुण्डिएको अवस्था चन्द मृत फेला परेकी प्रहरीले जनाएको छ।

चन्दको हत्याको आशंकामा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको कोठामा खानतलासी गर्दा सोही ठाउँका प्रशान्त क्षेत्रीको नागरिकता, फोटो फेला परेकाले क्षेत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। किशोरीको सिरानीमा १० हजार नगद समेत फेला परेको छ।

Exit mobile version