राहातको नाममा त्रिपाल समेत नपाएको धनगढीका हावाहुरी पीडितको गुनासो

धनगढी  , जेठ २७ गते ।

प्रदेश सरकार र विभिन्न निकायबाट राहतको घोषणा भएपनि धनगढीका हावाहुरी पिडितले करोडौको क्षती हुने गरी हावाहुरी चलेको चार दिन भईसक्दा पनि राहातको नाममा त्रिपाल समेत नपाएको गुनासो गरेका छन्।

गत विहिवार देखि खुल्ला आकास मुनीको वास भएपनि कुनै पनि निकायबाट राहत नपाएको गुनासो गरेका हुन्।

अहिले हावाहुरी पिडित परिवारलाई साँझ विहानको छाक टार्न पनि निकै मुस्कील भईरहेको छ भने चर्को गर्मीमा खुल्ला आकास मुनि रातदिन विताउनु पर्दा जनजिवन कष्टकर वनेको छ।

हावाहुरीकै कारण विचल्लीमा परेका पिडित परिवारलाई तत्कालै राहातको खाचो परेको भएपनि राहत वितरणमा ढिलाई हुदा जनजिवन कष्टकर वनेको पीडित अमर बहादुर सार्कीले बताए।

उनका अनुसार हावाहुरी पिडित परिवारलाई तत्काल घरको छानाका लागि त्रिपाल संगै खाद्यानको आवश्यकता परेको छ।

राहात वितरण गर्ने सरोकारवाला निकायले पिडित परिवारको लगत संकलन गरेको भएपनि वितरणमा भने कुनै वास्ता नगरेका अर्का पीडित महिन्द्रा चौधरीले बताईन्।

गर्मी मौसम संगै चलेको हावाहुरीका कारण पिडित परिवारको विचल्ली भएको छ भने अर्को तर्फ हुरी प्रभावित वस्तीमा नै विभिन्न संक्रमणहरुको जोखिम पनि बढेको छ।

हावाहुरीले सबै भन्दा बढी प्रभावित वनेको क्षेत्र प्रदेको अस्थायी राजधानी समेत हो।

मुख्यमत्री कार्यालय सहित अन्य ६ वटा मन्त्रालय पनि धनगढीमै अवस्थीत रहेका छन्धनगढी ।

तर पिडितले भने घरदैलोमा सरकार आएको अनुभुति गर्न पाएका छैनन।

यस्तै जनताको नजिकको सरकार मानिने स्थानीय सरकारले पनि राहात वितरण गर्नमा ढिलाई गरेको अर्का स्थानीय रामलाल मिजारले बताए।

Exit mobile version