मन्त्री लेखकद्वारा कञ्चनपुरका बाढी प्रभावित क्षेत्रको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर), भदौ १९।

तीन दिने भ्रमणमा गृहजिल्ला पुगेका मन्त्री लेखकले कञ्चनपुरका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ ।

मङ्गलबार कञ्चनपुरको पुनर्वास, बेलौरी र बेल्डाँडी गाउँपालिकास्थित बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको थियो । आज उहाँले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकाका बाढी प्रभावित क्षेत्रको समेत स्थलगत अवलोकन गर्नुभयो ।

निरीक्षणमा विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सहसचिव डा भीष्मकुमार भुसालसहित बाढी प्रभावित क्षेत्र पुगेका मन्त्री लेखकले महाकाली, जोगबुढा र दोदा नदीबाट हुने डुबान र कटानको निरीक्षण गर्नुभयो । बाढी प्रभावित क्षेत्रका स्थानीयले नदीमा पक्की तटबन्ध निर्माणको माग गरेका थिए ।

गृहमन्त्री लेखकले मन्त्रालयले तीनवटै नदीमा तटबन्ध निर्माण गर्नका लागि लागत अनुमान तयार गरेर ऊर्जा मन्त्रालयमार्फत नदी नियन्त्रणको काम गर्न आफू पहल गरिरहेको बताउनुभयो ।

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।

Leave a ReplyCancel reply

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading

Exit mobile version