फोहर बिक्रीबाट सेती अस्पताललाई बार्षिक ५ लाख आम्दानी

कञ्चनपुर, भदौ २४।

सेती प्रादेशिक अस्पताल धनगढीले एक बर्षमा फोहर बिक्री गरेर ५ लाख भन्दा बढी आम्दानी गरेको छ ।

एक लाख २२ हजार किलोग्राम फोहर बिक्री गरेर अस्पतालले आर्थिक वर्ष २०८० र ८१ मा उक्त आम्दानी गरेको हो । अस्पतालले गत आर्थिक वर्ष वर्गीकरण गरिएको फोहर बिक्रीबाट पाँच लाख ४६ हजार ९ सय ६ रुपैयाँ आम्दानी गरेको थियो ।

गत वर्षको साउन महिनामा मात्रै ९ हजार तीन ५६ दशमलव २४ किलोग्राम फोहर बिक्री गरेको थियो। सो महिना ५६ हजार २३ रुपैयाँ आम्दानी भएको थियो। गत वर्षको साउन महिनामा जोखिमयुक्त फोहर पाँच हजार ४७१ दशमलव ८४ किलोग्राम बिक्री गरिएको थियो।

अस्पताल प्रशासनका अनुसार तीन हजार ८८४ दशमलव ४ किलोग्राम जोखिम नभएको फोहर बिक्री गरिएको छ। अस्पतालले दिएको प्रतिवेदन अनुसार गत वर्षको भदौमा जोखिमयुक्त फोहर दुई हजार ९६३ किलोग्राम र जोखिम नभएको फोहोर पाँच हजार २६५ किलोग्राम बिक्री गरिएको छ ।

वार्षिक ठेक्कामार्फत अस्पतालबाट उत्पादन भएको फोहर पुनः प्रयोगका लागि बिक्री गर्ने गरेको छ ।

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।

Leave a ReplyCancel reply

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading

Exit mobile version