प्रदेश ७ वाट एमालेले मन्त्री नपाएपछि नेताहरु असन्तुष्ट

धनगढी चैत २७ ।

प्रदेश नम्बर ७ बाट संघीय मन्त्री परिषदमा प्रतिनिधित्व नभएको भन्दै नेकपा एमालेका नेताहरु असन्तुष्ट भएका छन् । एमाले प्रदेश ७ को सम्पन्न वैठकले मन्त्री नपाएको भनि निर्णय गरेरै आपत्ति जनाएका छन् ।

राष्ट्रिय राजनीतिमा प्रदेशको उल्लेखनीय योगदान भएको भन्दै संघीय मन्त्री परिषद्मा प्रतिनिधित्व नगराईनु आपत्तिजनक भएको एमाले जनाएको छ ।

एमाले उपाध्यक्ष तथा प्रदेश संयोजक भीम रावलद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा प्रदेश नम्बर ७ बाट मन्त्री परिषद्मा प्रतिनिधित्व नगराईनु अन्यायपूर्ण भएको उल्लेख छ ।

प्रदेश ७ बाट तत्काल न्यायोचित प्रतिनिधित्व गराउन पार्टीलाई समेत पार्टी नेतृत्वलाई माग गरिएको छ ।

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading

Exit mobile version