मैले जवानलाई कुटेको हैन, सम्झाएको मात्रै होः डिएसपी मगर

धनगढी, वैशाख १६।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक बिरबहादूर बुढामगरले आफुले प्रहरी जवान दिपेन्द्र चन्दलाई कुटपिट नगरेको दाबी गरेका छन्।

आईतवार जिल्ला प्रहरी कार्यालय कैलाली मार्फत संचार माध्यमहरुमा ईमेल पठाउदै उनले आफु सहित कुनै पनि अधिकृतले जवान चन्दलाई कुटपिट नगरेको उल्लेख गरेका छन्। तर प्रहरी अनुशासन भन्दा बाहिर गएको भन्दै जवान चन्दलाई सम्झाई बुझाई गरेको भने स्वीकार गरेका छन्।

पत्रमा प्रहरी जवानलाई डिएसपीद्धारा कुटपिट भन्दै प्रकासन प्रसारण भएका समाचारप्रति जिल्ला प्रहरी कार्यालय कैलालीको गम्भीर ध्यानाकषर्ण भएको उल्लेख छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान दिपेन्द्रवहादुर चन्दले आफुलाई डिएसपी मगरले फाँटमा बस्न पाउनु पर्ने माग गर्दै आईजिपीलाई निवेदन किन गरेको भन्दै कुटपिट गरेको थिए।

हुलाकबाट आईजीपीलाई पत्र पठाएका प्रहरी जवान चन्दले आफ्नो माग पत्रमा प्रहरी कर्मचारीले पहुँचका आधारमा मात्रै फाँटमा बस्न पाउने चलन अन्त्य गरेर सबैले समान रुपमा फाँटमा बस्न पाउँने व्यवस्था गर्न माग गरेका थिए।

सोही विषयलाई लिएर प्रहरी नायव उपरिक्षक बुढामगरले प्रहरीको आचरण विपरित काम गरेको भन्दै कुटपिट गरेको उनको दावी छ। चन्दले कानमा दुई थप्पड हानेको र लात्ती हान्दै कुटपिट गरेको बताएका थिए।

श्रोत – दिनेश खबर

Exit mobile version