प्रदेश ७ मा ‘हेलो सिएम’ कार्यक्रमको शुभारम्भ, पहिलो फोनमै मुख्यमन्त्रीले लिए एक्सन

७ जेठ, कैलाली ।

प्रदेश ७ को मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा ‘हेलो सिएम’ कार्यक्रमको शुभारम्भ गरिएको छ।

प्रदेश सरकार गठन भएको तिन महिनापछी पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले ‘हेलो सिएम’ कार्यक्रमको शुभारम्भ गरे।

अव जनताले गुनासो र समस्या सिधै ‘हेलो सिएम’ कार्यक्रम मार्फत प्रदेश सरकार समक्ष राख्न पाउने उनले बताए।

जसका लागि पैसा नलाग्ने टोल फ्रि नम्बर १६६०–९१५२२३ मा फोन गर्न सकिने छ।

उक्त नम्बरमा प्रत्येक दिन विहान ७ देखि साँझ ७ बजेसम्म गुनासो र समस्या टिपाउन सकिने मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।

मुख्यमन्त्री भट्टले जनतालाई प्रदेश सरकारसग जोडनका लागि ‘हेलो सिएम’ कार्यक्रमको शुभारम्भ गरिएको बताए।

दुर दराजका जनताले सरकारी निकायबाट पाउनुपर्ने सेवा सुविधा छिटो, छरितो र सहज तरीकाले पाउन भन्नका लागि ‘हेलो सिएम’ कार्यक्रम सुरु गरेको बताउदै उनले तत्काल समाधान गर्नुपर्ने विषयलाई ४ घण्टाभित्र समाधान गरिने प्रतिबद्धता जनाए।

‘हेलो सिएम’ कार्यक्रमको शुभारम्भ गरेलगत्तै हाल धनगढी बस्दै आएका डोटीको शिखर नगरपालिकाका, २ का करणजग शाहीले धनगढीमा ट्राफिक जाम बढदै गएको भन्दै गुनासो गरे।

उक्त फोन मुख्यमन्त्री भट्टले उठाएका थिए। उनले फोनमा गुनासो आएलगत्तै ट्राफिक व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक दीपक पातलीलाई फोन गरेका थिए।

Exit mobile version