१७ किलो लागूऔषध चरेश सहित पक्राउ

मकवानपुर, २० जेठ,

पर्सा बीरगंज महानगरपालिका–१२ बस्ने ३५ बर्षीय मनोज कुमार साहलाई प्रहरीले अवैध लागूऔषध चरेश २ किलो ७ सय ग्राम तथा ५० ग्राम गाँजा सहित पक्राउ गरेको छ ।

प्रहरी चौकी सिमभञ्ज्याङबाट खटिएको प्रहरी टोलीले आइतबार थाहा नगरपालिका–४ सिमभञ्ज्याङ स्थित त्रिभुवन राजपथमा पालुङबाट हेटौडातर्फ आउदै गरेको ना.१ज ५३६१ नम्बरको सुमो गाडीलाई चेक गर्दा साहले खुट्टा र जुतामा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त चरेश र गाँजा बरामद भएको थियो ।

यसैगरी प्रहरी टोलीले थाहा नगरपालिका–४ सिमभञ्ज्याङ स्थित त्रिभुवन राजपथबाट आइतबार पालुङबाट हेटौडातर्फ आउदै गरेको ना.५ख १०५३ नम्बरको बसमा सवार हेटौडा उपमहानगरपालिका–१ बस्ने ५२ बर्षीय लक्ष्मण स्याङतानलाई प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको १४ किलो ४ सय ग्राम लागूऔषध चरेश सहित पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Exit mobile version