कांग्रेस सांसदहरूद्वारा प्रदेश २ को संसद बैठक अबरूद्ध

जनकपुर, २६ जेठ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूले प्रदेश २ काे संसद अबरूद्ध गरेका छन् ।

प्रदेश सरकारमाथि अनियमितताको आरोप लगाउँदै कांग्रेस सांसदहरूले संसद् बैठक अवरुद्ध गरेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणमा भएको खर्च सार्वजनिक गर्न माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन्।

विगत एक महिनादेखिको माग सुनुवाइ नभएपछि बैठक अवरुद्ध गरेको कांग्रेसका प्रदेशसभा सदस्य ओमप्रकाश शर्माले जानकारी दिए।

Exit mobile version