कास्कीमा ४३ जना फरार अभियुक्त पक्राउ, तिन जना रिहा बाँकीलाई कारागार चलान

पोखरा, असार १४ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न अपराधमा संलग्न रही फरार रहेका ४३ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कर्तव्य ज्यान, लुटपाट, चेक अनादर, चोरी, लागूऔषध, लिखित गाली बेइजती, सरकारी छाप कीर्ते, जालसाजीलगायतका मुद्दामा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार अदालतबाट न्यूनतम दुई दिनदेखि २० वर्षसम्म कैद सजाय र रु ५०० देखि रु पाँचलाख ६६ हजार सम्म जरिवाना तोकिएर पनि लामो समयदेखि फरार रहेका पक्राउ परेका हुन् ।

अदालतमा पेश गरिएकामध्ये तीनजना रिहा भएका छन् भने बाँकीलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

-रासस

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।
Exit mobile version