अछामको बयलपाटामा जीप दुर्घटनामा पाँच घाइते

अछाम, असार २७।

अछामको बयलपाटामा जीप दुर्घटनामा पाँच घाइते भएका छन्। जयगढ बजारबाट साँफेबगर जाँदै गरेको से१त ३६८ जीप साँफेबगर नगरपालिकाको वयलपाटास्थित जनता क्याम्पस नजिक दुर्घटना हुँदा ५ जना घाइते भएका हुन। जीपमा सवार रहेका बान्नीगढी जयगढ गाउँपालिका ५ का सेतु परियार र वडानम्बर ६ का दिनेश परियार, रामारोशन गाउँपालिका ७ का मनपती भण्डारी, कलसी भण्डारी र पदम परियार घाइते भएको अछाम प्रहरीले जानकारी दिएको छ। जीप चालकलाई भने प्रहरीले नियन्त्रणमा राखेको छ।

Exit mobile version