बैतडीमा २ हजार १ सय सवारीसाधन कारवाहीमा

बैतडी, असार २८ गते ।
बैतडीमा ट्राफिक नियम उल्लंघनको क्रम बढ्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले आर्थीक वर्ष २०७३÷७४ भन्दा चालु आर्थीक वर्ष २०७४/७५ को हालसम्म बढी राजश्व संकलन गरेको छ ।

आर्थीक वर्ष २०७३/७४ मा ११ लाख १५ हजार राजश्व संकलन गरेको कार्यालयले यो आर्थिक वर्ष सकिन अगावै १२ लाख १२ हजार ५ सय राजश्व संकलन गरीसकेको छ ।

आर्थिक वर्ष ७३/७४ मा १ हजार ८ सय ८४ वटा सवारीसाधन कारवाहीबाट उक्त राजश्व संकलन गरिएको ट्राफिक कार्यलयले जनाएको छ ।

चालु आर्थीक वर्षको अहीलेसम्म २ हजार १ सय ३४ सवारी साधन कारर्वाहीमा परीसकेको जिल्ला ट्राफीक कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलले बताउनुभयो ।

रावलका अनुसार गत आर्थीक वर्षमा सबै भन्दा बढी कारर्वाहीमा पर्ने सवारीसाधनमा जिप रहेका छन् । १ हजार १ सय ३० वटा जीप ट्राफीक कारर्बाहीमा परेको उहाँले बताउनुभयो ।

कारर्वाहीमा परेका जिपबाट ६ लाख २५ हजार राजश्व संकलन भएको हो । यस्तै ३ सय ८६ ट्रक , १८२ मोटरसाईकल , १३२ ट्याक्टर र ५४ वटा बस गत आर्थीक वर्षमा कारर्वाहीमा परेका थिए ।
कारर्वाहीमा परेका ट्रकबाट २ लाख ६६ हजार , मोटरसाईकलबाट १ लाख २८ हजार ट्याक्टरबाट ८० हजार र बसबाट ३५ हजार ५ सय राजश्व संकलन भएको छ ।

दिनप्रतिदीन सवारीसाधन बढीरहेकोले कारर्वाहीमा पर्ने सवारीसाधनको संख्या पनि बढ्दै गएकाले राजश्व संकलनमा पनि वृद्धि भएको प्रहरी सहायक निरीक्षक रावलले बताउनुभयो ।

चालकले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, क्षमता भन्दा बढी यात्रु बोक्ने, तिब्र गतिमा गाडी हाक्ने , सवारी चालक अनुमतीपत्र विना सवारी साधन चलाउने लगायतका ट्राफिक नियम उल्लंघन घटना रहेका छन्

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading

Exit mobile version