धनकुटामा लुटेराको कुटाइबाट वृद्धको मृत्यु

धनकुटा, असार ३० गते ।

धनकुटा असार ३० गते ।को छथरजोरपाटी गाउँपालिकामा लुटेराकोे कुटपिटबाट एक वृद्धाको ज्यान गएको छ

छथर जोरपाटी गाउँपालिका–५ की ६० वर्षीया नरमाया लिम्बूको घरमा परिवारका सदस्य कोही नभएको मौका पारी लुटपाट गरी वृद्धालाई कुटपिट गरेर गम्भीर घाइते वृद्धाको मृत्यु भएको थियो ।

वृद्धालाई कुटपक्रराज लिम्बूको कुटपिटबाट घाइते भएकी वृद्धाको उपरचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएकी लिम्बूलाई धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको धनकुटाका प्रहरी उपरीक्षक सुरेन्द्रकुमार गुरुङले बताउनुभयो ।

आरोपी दुवैलाई चोरी गरेका गहनासहित पक्राउ गरी जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखिएको उनीहरु दुवैलाई कर्तव्य ज्यान मुद्दा चलाइने तयारी रहेको प्रहरीले जनाएको छ ।
रासस

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।
Exit mobile version