पश्चिम नवलपरासीमा गत वर्ष भएको डुबानका कारण करोडौँको क्षति बेहोर्न बाध्य सुस्तावासीले क्षतिपूर्तिबापत दुई करोड ४६ लाख १२ हजार रुपैयाँ रकम प्राप्त गर्ने भएका छन् ।
नेपाल सरकार सिँचाइ मन्त्रालयमार्फत सो रकम उपलब्ध गराउन लागिएको हो ।
क्षति बेहोरेका किसानले गण्डक सिँचाइ व्यस्थापन डिभिजन कार्यालयमार्फत उक्त रकम पाउने छन् ।
धेरै मेहनतपछि मात्र रकम निकासा गर्न सकिएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।
बर्सेनी डुबानमा पर्ने र क्षति बेहोरिरहेका पीडित किसानले क्षतिपूर्तिबापतको रकम पाउने भएपछि खुशी व्यक्त गरेका छन् ।
किसानले रकम निकासा पाउने भएपछि गाउँपालिका कार्यालयसहित सबै सरोकारवाला निकायप्रति खुशी व्यक्त गरेका छन् ।
गत वर्ष डुबानमा परेका सुस्ता गाउँपालिका वडा नम्बर १ र २ लगायत विनयी त्रिवेणीको ६ र ७ का पीडित किसानले क्षतिपूर्तिबापतको
रकम पाउने छन् ।