दुई दिनदेखि हराएका वडा सदस्य मृत फेला

गाईघाट, उदयपर, असार ३२ गते ।

दुई दिनदेखि बेपत्ता भएको उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–३ का वडा सदस्य रामबहादुर मगर आज मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ३० गतेदेखि बेपत्ता भएका वडा सदस्य मगर आज बिहान स्थानीय सापुपा खोलाको किनारमा मृत अवस्थामा फेला परेका हुन् ।

मगरको मृत्युको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।
Exit mobile version