तरुण दलले बुझायो तालाचाबी

काठमाडौं, साउन ६।

नेपाल तरुण दलले जिल्ला प्रशासन कार्यालयलाई तालाचाबी बुझाएको छ ।

७७ जिल्लाकै प्रशासन कार्यालय घेराउ गरी सिक्री उपहार दिने कार्यक्रम अन्तरगत प्रमुख जिल्ला अधिकारीलाई तालाचाबी बुझाएको हो ।

माइतीघरदेखि प्रशासन कार्यालय बबरमहलसम्म नारा, जुलुससहित तरुणदलका नेता कार्यकर्ताले कार्यालय भने घेराउ गरेनन् ।

प्रहरीले लगाउको निषेधाज्ञा नतोडेपछि घेराउ नगरी तालाचाबी बुझाए ।

प्रदर्शनको क्रममा नेपाल तरुण दलले जिल्ला प्रशासन कार्यालयमार्फत् नागरिकको अधिकारमाथि हनन् गर्ने सरकारको मुखमा ताला लगाउने भन्दै सरकारलाई ताल्चा बुझाएका थिए ।

Exit mobile version