ढिलोगरी सुरु भएको मनसुन पश्चिम तराईका जिल्लामा अझै सक्रिय हुन सकेन

धनगढी ,  साउन ८ गते ।

सुरु भएको यो वर्षको मनसुन पश्चिम तराईका जिल्लामा अझै सक्रिय हुन सकेको छैन्।

मौसम पुर्वानुमान महाशाखाका अनुसार विगत एक सातादेखि मनसुन निष्क्रीय जस्तै भएको छ।

साउन मध्य हुनै लाग्दा समेत कैलालीमा पर्याप्त बर्षा नहुँदा गर्मी घट्न सकेको छैन भने पहाडी जिल्लामा त रोपाई गर्न पनि बाँकी छ।

नेपालको पूर्वी हुदै पश्चिमी भागमा प्रवेश गरेको मनसुन पूर्ण रुपमा सक्रिय हुन नसक्दा वर्षा राम्रो हुन सकेको छैन ।

केही दिनयता मौसममा फेरबदल भइरहे पनि पर्याप्त वर्षा हुन सकिरहेको छैन।

मनसुनको आगमन पश्चिममा कमजोर तरिकाले आएको हुँदा यो सक्रिय हुन नसकेको मौसमविद् बरुण पौडेलले बताए।

मनसुनी वर्षा राम्रो हुनका लागि पश्चिमी वायुको प्रभाव कम हुनुपर्छ तर यो वायु अझै पनि बाँकी रहेकाले मनसुनी वायुले पश्चिमी वायुलाई धकेलेर सिथिल पार्ने कार्य भईरहेको उनले बताए।

Exit mobile version