पानीमा डुबेर मृत्यु

इनरुवा, साउन ८ गते ।

सुनसरी सदरमुकाम इनरुवा– ६ कन्समडान नजीकै नालीको पानीमा डुबेर स्थानीयवासी राजकुमार उराँवका डेढवर्षीय छोरा आर्यनको मृत्यु भएको छ ।

घर नजीकै सडकको पेटीमा रहेको नालीमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो ।

शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको बताइएको छ । रासस

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।
Exit mobile version