डा. केसीसँगको वार्ता निश्कर्ष विहीन

काठमाडौं,  साउन १०।

अनशनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता विना निश्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको बैठक बिना निश्कर्ष टुंगिएको हो ।

काठमाडौँ उपत्यकामा दश वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नपाउने केसीको मागमा सहमति जुट्न नसक्दा वार्ता नमिलेको हो ।

यसअघि नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले केसीको वार्ता टोलीसँग सहमति जुटिसकेको र प्रधानमन्त्रीको उपस्थितीमा सहमतिलाई अन्तिम रुप दिने बताएका थिए ।

केसीको वार्ताटोलीसँगको छलफलका क्रममा सहमति नजिक पुगेका २ बुंदामा डा. केसीले असन्तुष्टि जनाएका थिए ।

केसीको असन्तुष्टिपछि पुनः बसेको बैठक कुनै निश्कर्षमा पुग्न सकेन ।

Exit mobile version