मेडिकल कलेजमा बिद्यार्थीको मृत्यु

बुटवल, साउन २१, २०७५  ।

भैरहवामा कृयाशिल पत्रकारहरु दिपक घिमिरे, राधेश्याम विश्वकर्मा र सलमान खानलाई समाचार संकलनका क्रममा गरिएको अभद्र व्यबहार तथा समाचार संकलन उपकरण तोडफोड समेत हुनेगरी भएको आक्रमणको सर्वत्र निन्दा गरिएको छ ।

आईतबार दिउँसो युनिभर्सल मेडिकल कलेज भैरहवामा बिडिएस अध्ययन गर्ने महादेव शाहको सोही अस्पतालमा उपचारका क्रममा निधन भएपछि अस्पतालमा उत्पन्न परिस्थितीको समाचार संकलन गर्न पुगेका पत्रकार माथि त्यहा अध्ययन गर्ने बिद्यार्थीले दुरव्यबहार गर्नुका साथै समाचार संकलनमा प्रयोग हुने उपकरण क्यामेरा तोडफोड गरेका छन् ।

त्यसैको बिरोधमा पत्रकारका पेशागत संघ संगठनले विज्ञप्ती जारी गरि घटना प्रति ध्यानाकर्षण भएको जनाउँदै दोसीको पहिचान गरि कारवाही र तोडफोड भएका सामाचार संकलनमा प्रयोग हुने उपकरणको क्षेतीपूर्तिको माग गरेका छन् ।

नेपाल पत्रकार महासंघका सदस्य रहेका तीनै जना पत्रकार नेपाल प्रेस युनियन रुपन्देहीका सदस्य हुन् ।

आक्रमणको बिरोध गर्दै नेपाल पत्रकार महासंघ रुपन्देही, नेपाल प्रेस युनियन रुपन्देही र लुम्बिनी प्रेस क्लवले छुट्टा छुट्टै विज्ञप्ती जारी गरी पत्रकार माथिको आक्रमणको भ्रत्सना गर्नुका साथै दोसीलाई कारवाही, तोडफोड भएका क्यामेराको क्षेतीपूर्ति तथा भएरहित वातावरणमा समाचार संकलन तथा रिपोर्टिङ्को व्यबस्था मिलाउन प्रहरी प्रशासन समक्ष माग गरिएको छ ।

Exit mobile version