नवजात शिशुको हत्या अभियोगमा आमा पक्राउ

लमजुङ, साउन २२, २०७५।

लमजुङमा नवजात शिशुको हत्या अभियोगमा एक आमा पक्राउलाई प्रहरीले पक्राउन गरेको छ ।

लमजुङ दुधपोखरी गाउँपालिका– २ बस्ने बर्ष ४५ की बिष्णुमाया परियारले भएको प्रहरीले जनाएको छ ।

परियारले साउन १८ गतेका दिन स्त्री जातको नवजात शिशु जन्माई प्लास्टिकमा पोको पारी ट्वाईलेटमा फालेको कारण अनुसन्धानका लागि पक्राउन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र अधिकारीले बताउनु भएको छ ।

उहाँका अनुसार सो सूचनाका आधारमा घटनास्थल प्रारम्भिक अनुसन्धान गर्दा बिष्णुमाया परियारले नवजात शिशुको हत्या गरेको खुल्न आएको हुँदा निजलाई पक्राउ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको छ ।

Exit mobile version