नक्कली नेपाली नोटसहित २ जना भारतीय नागरिक समातिए

भद्रपुर, साउन ३१, २०७५  ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाले ५० हजार रुपैंयाँ नक्कली नेपाली नोट सहित दुइजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

नक्कली नोट सहितका भारतीय नागरिक नेपाल आउँदै गरेका छन भन्ने सुचनाका आधारमा काँकडभिट्टा नाकामा सक्रियता बढाएको प्रहरीले भारतको पश्चिम बङ्गाल स्थित सिलिगुडीका दुइजना नागरिकलाई पक्राउ गरेको हो ।

प्रहरीले भारतको सिलिगुडीका सतिष अग्रवाल र हितेष अग्रवाललाई पक्राउ गरेको जनाएको छ ।

सतिषका साथबाट ३३ हजार र हितेषको साथबाट १७ हजार नक्कली नोट बरामद गरेको झापाका एसपी भिम ढकालले बताए ।

पक्राउ परेकामाथि आवश्यक अनुसंधान भइरहेको जानकारी उनले दिए ।

Exit mobile version