बैङ्कले त्रुटीबस दिएको बढी रकम फिर्ता

काठमाडौँ, भदौ १५ ।

ललितपुरको सातदोबाटोका प्राडा जगदीश वैद्यले बैङ्कबाट रकम झिक्ने क्रममा बैङ्कले बढी दिएको रकम फिर्ता गर्नुभएको छ ।

वैद्यले बुधबार जावलाखेलस्थित मेगा बैङ्कबाट चेकमार्फत रकम झिक्ने क्रममा बैङ्कका कर्मचारीले रु ५० हजार बढी दिएपछि फिर्ता गर्नुभएको हो । उहाँले आफूले इमान्दारिताका साथ बैङ्कले बढी दिएको रकम फिर्ता दिएको बताउनुभयो । 

उहाँले ललितपुर जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ दमरुप्रसाद निरौला, वडा नं ४ नंका वडाध्यक्ष नारायण केसी र बैङ्कका कर्मचारी कृष्णबहादुर मिश्रको उपस्थितिमा बैङ्कलाई उक्त बढी रकम हस्तान्तरण गर्नुभएको हो ।

वैद्यले बैङ्कबाट रु पाँच लाख चेकमार्फत झिक्दा बैङ्कका कर्मचारीले रु पाँच लाख ५० हजार दिएका थिए । वैद्य २०३५ सालबाट निरन्तर समाजसेवा गर्दै आउनुभएको छ । (रासस)

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।
Exit mobile version