बाजुरामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ ।
खेतबारीमा काम गर्दै गर्दा चुडिँएर जमिनमा पुगेको विद्युतको तारले छुदा बुढीनन्दा नगरपालिका ३ मेलढुस्काकी ४५ वर्षिया साउनीकला बोहरा र ५० वर्षीय श्रीमान बुदे बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
करेन्ट लागेकी साउनीकलालाई बचाउन खोज्दा बुदेलाई पनि करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ ।