श्रीमतीले गरिन श्रीमानको हत्या

काठमाडौँ, भाद्र २१, २०७५ ।

भदौ १८ सोमबार सन्धिखर्क नगरपालिका–१२, बस्यालटोला नजिकै बोरामा फालेको अवस्थामा भेटिएको शवको पहिचान भएको छ ।

डिभर्ना बस्याल टोलाका महिलाहरु खरबारीमा घाँस काट्न गएको बेला दूर्गन्ध आएपछि के मरेछ भनेर खोज्दै जाँदा स्थानीयहरुले अनुहार नै नचिनिने अवस्थामा एउटा शव देखेका थिए ।

शव देखेपछि स्थानीयहरुले प्रहरीलाइ खबर गरेका थिए । सन्धिखर्क –१२, बस्याल टोलाको चिलीयाथुम खोल्सामा भेटिएको शव कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर –७, धैरेनीडाँडाका ३६ वर्षीय धनबहादुर घर्ती मगरको रहेको पुष्टि भएको हो ।

Exit mobile version