काठे पुल बगेपछि विद्यार्थीलाई समस्या

हुम्ला, भाद्र २४, २०७५ ।

खापुनार्थ गाउँपालिका–२ कारङ्गगाउँमा रहेको कारङ्ग खोलामा काठेपुल नहुँदा तीन महिनादेखि विद्यार्थीहरु विद्यालय जानबाट बञ्चित भएका छन् ।

गएको जेष्ठ २८ गते हुम्लाको खार्पुनाथ गाउँपालिका २वडाको कारङ्ग खोलामा आएको बाढीले कारङ्गगाउँ र राया गाउँमा जोड्ने काठे पुल बगाएपछि अहिले विद्यालय जाने विद्यार्थीहरु लाई समस्या बनाएको छ।

खार्पुनाथ गाउँपालिका वडानं १ को कारङ्ग खोलाको काठे पुल बगाउँदा असार महिना देखि हुम्ला मावि रायमा अध्यायन गर्न जाने

विद्यार्थी बन्चित भएका छन ।

असार महिनाको पहिलो हप्ता बाट शुरु भएको अविरल बर्षाले कारङ्ग खोलामा पानीको बाहब बढेपछि गाउँलेले बनाएको काठ पूल बग्यो ।

५० हजारको लागतमा निर्माण गरिएको ३० मिटर लम्बाइको उक्त काठे पुल एक्कासि खोलामा बढेको पानीको बहाबले कारङ्ग गाउँमा बासोवास गर्नेलाई आवतजावतमा समस्या भएको स्थानीयवासी विवके शाहीले बताउनुभयो ।

हुम्ला मावि रायमा अध्यायन गर्ने कारङ्ग गाउँबाट कक्षा ६ देखि १० सम्म १४ जान विद्यार्थी महिनौ दिन विद्यालयमा जान नपाएको कक्षा १०मा अध्ययान गर्ने नविना शाही बताइन्।

खोलामा काठे पुल हुँदा बालबालिका आफै विद्यलाय जाने गरेको तर अहिले आएर पुल खोलाले बगाए पछि आफनी छोरीलाई हरेक दिन काठको डण्डीमा चढाएर तार्नू परेको बाध्याता भएको विवक शाहीले बताए ।

अभिभावकले नभ्याएको बेला बालबालिका विद्यालय जान नपाएको कक्षा ८ मा अध्यान गर्ने सुनिता शाहीले बताउनुभयो ।

खोलामा काठे पुल हुँदा घरबाट ३० मिनेटमो हुम्ला मावि रायामा स्कुलमा पुगिन्थ्यो तर अहिले तिन घण्टा लाग्छ, कहिले त स्कुल पुग्दा पढाइ सुरु भइसकेको हुन्छ ।

पुल नहुँदा निकै समस्या भएकोले अषाढ महिना देखि विद्यालयमा नगएको हुम्लामा माविमा अध्यान गर्ने कक्षा १० कै सुनिता शाहीले बताईन ् ।

पहिले खोलामा काठेपुल हुँदा कारङ्ग गाउँबाट हुम्ला मावि रायामा सहज हुन्थ्यो । छोराछोरी आफै विद्यालय जान्थे, खोलाले पुल बगाए पछि अहिले तिन घण्टा लाग्छ ।

छोराछोरी आफै विद्यालय जान सक्दैन,हरेक दिन विद्यालयमा पुरयाउन जानु पर्छ, कारङ्ग गाउँ निवासी जुनेली विकले भन्नुभयो ।

उहाँका अनुसार लामो बाटो भएर जानु पर्ने तेहि पनि उर्लिदो खोलाको भेल एउटा काठको भरमा छोरा छोरी एक्लै विद्यालय पठाउँ भने केही होला कि भनेर डरले विद्यालय नपठाएको बताउनु भयो ।

अविरल बर्षातमा कारङगा खोलामा आएको भेलले काठको पुल बगाएपछि असारबाट विद्यार्थीहरु विद्यालय जान नसकेको स्थानीय बताउँछन ।

साविकको राया गाउँ विकाजुस समितिले काठको पुल निर्माणका लागि ५० हजार रकम विनियोजन गरेको थियो । तर पुलै नबनाई सिमीत व्यक्तीकोले खाएको पुल जस्ताको तस्तै रहेको स्थानीय बासि विकले बताईन् ।

पक्की पुल निर्माणको लागि जिल्लाका सांसद छक्क बहादुर लामा,, पुर्व खानेपानी तथा सरसफाई मन्त्री,जिवन बहादुर शाही, सामाजिक मन्त्रि दल रावल समक्ष समस्या राख्दा पनि सुनुवाई नभएको स्थानीबासिन्दा विवके शाहीले बताए ।

तिन पटकसम्म जनश्रमदानबाट निर्माण गरिएको पुल खोलाले बगाएपछि बालबालिका विद्यालय जानबाट बञ्चिल भएको स्थानीय विष्णु बहादुर शाहीले बताए ।

Exit mobile version