मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्युे

धादिङ, भाद्र २४, २०७५  ।
पृथ्वीराजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका– २ बाह्रकिलोमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

गल्छीबाट काठमाडौँ तर्फ जाँदै गरेको बा ४८ प ९७३४ नम्बरको मोटरसाइकल सडकमा पल्टिएर भएको दुर्घटनामा सोही गाउँपालिका–६ निवासी ३३ वर्षीय दीपक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version