शिक्षकका हड्तालका कारण पठनपाठन ठप्प

सिन्धुपाल्चोक, भाद्र २६, २०७५ ।

विभिन्न ४ बुँदे माग राखेर राहत शिक्षकहरु आन्दोलनमा उत्रिएपछि मंगलवार जिल्लाका सवै सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ ।

राहत शिक्षक केन्द्रिय समितिको सर्कुलर अनुसार जिल्लामा कार्यरत राहत शिक्षकहरु शैक्षिक हड्तालमा उत्रिएपछि जिल्लाका विद्यालयहरुमा मंगलवार पठनपाठन हुन सकेन ।

शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका अनुसार मंगलवार जिल्लैभरका विद्यालयमा पठनपाठन ठप्प बनेको छ ।

‘हामीले विद्यालय बन्द नगर्नुस भन्यौं, केन्द्रिय कार्यक्रम भनेर उहाँहरुले मान्नुभएन’, शिक्षा विकास तथा समन्वय ईकाईका

प्रमुख गौरीशंकर पाण्डेले भने ।

राहत शिक्षक केन्द्रिय समितिको सार्वजनिक अपिल पछि जिल्लाका अधिकांश विद्यालयहरु खुलेनन् ।

कतिपय विद्यालयहरु दश बजे नै खुलेपनि राहत शिक्षकहरुको दवावका कारण पठनपाठन भने हुन सकेन ।

‘लाखौं बालबालिकाका भविष्य बनाउने अभियानमा रहेका हामीहरु आफ्नै भविष्य खोजिरहेका छौं’, नेपाल राहत शिक्षक केन्द्रिय समितिका सदस्य पृथ्वीजंग पाण्डेलेले भने,–‘ ‘एउटै छानामुनी रहेर पठनपाठन गर्ने शिक्षकहरुबीचको विभेद अन्त्य हुनुपर्दछ ।’

राहत कोटामा कार्यरत शिक्षकहरुलाई एकमुष्टमा स्थायी गर्नका लागि संघीय ऐनमा नीतिगत व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।

स्थायी प्रकृयाको थालनी पूर्व राहत शिक्षक सम्बन्धि हालको शिक्षा ऐन तथा नियमावलीले गरेको व्यवस्थाको स्वामित्व निर्माणाधिन ऐनले ग्रण गर्नुपर्ने, शिक्षक सेवा आयोगबाट लिईने विभिन्न चरणका परीक्षामा राहत दरवन्दीमा कार्यरत शिक्षकहरुको उमेर हदवन्दी हटाउनुपर्ने र राज्यले शिक्ष–शिक्षकबीचको सवैखाले विभेदको नीतिगत रुपमै अन्त्य गर्नुपर्ने उनीहरुको माग छ ।

पटक पटक सरकारलाई ज्ञापनपत्र, ध्याानाकर्षण पत्र र स्मरणपत्र दिँदासमेत मागहरु सुनुवाई नभएपछि शैक्षिक हड्तालको बिकल्प नभएको उनले बताए ।

Exit mobile version