एकैदिनमा बलात्कारका दुई घटना सार्वजनिक

काठमाडौँ, भाद्र २९, २०७५ ।

भक्तपुरमा एकैदिन दुई बालिकाको बलात्कार र बलात्कार प्रयासका दुई घटना भएका छन। दुवै घटनाका आरोपीलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ।

१६ वर्षीया बालिकालाई कोठामै गएर बलात्कार गरेको अभियोगमा प्रहरीले चाँगुनारायण नगरपालिका ३ बागेश्वरी घर भई हाल सूर्यविनायक –२, बालकोट रागिनीहाइट बस्ने १९ वर्षीय रञ्जित परियारलाई प्रहरीले पक्राऊ गरेको छ।

पीडित बालिकाका परिवारले गएको २७ गते बलात्कार गरेको किटानी लजाहेरी दिएपछि   महानगगरीय प्रहरी वृत्त ठिमीले परियारलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखेरले बताए ।

Exit mobile version