पाल्पा , आश्विन १७, २०७५ ।
पाल्पामा माछा मार्ने क्रममा आज पानीमा डुवेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रम्भा गाउँपालिका वडा नम्वर ५ फुूङदि बस्ने अन्दाजी ४९ वर्षिय बहादुर ठाडा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।
जिल्लाको पुर्व खोला गाउँपालिका वडा नम्बर २ पुर्वखोलामा बुधवार दिउँसो २ बजेतिर माछा मार्न गएका थिए ।
ठाडा मृगी रोगका विरामी भएकाले ढुङगामा चिप्लिएर पानीमा खस्दा ज्यान गएको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।