जिसस भक्तपुरको पहिलो समीक्षा बैठक सम्पन्न

भक्तपुर ,  कार्तिक १४, २०७५ ।

जिल्ला समन्वय समिति भक्तपुरले पहिलो पटक समीक्षा बैठकको आयोजना गरेको छ ।

समितिले आर्थिक वर्ष २०७४÷०७५ मा स्थानीय, प्रदेश र सङ्घीय सरकारका कार्यालय र गैर सरकारी संस्थाबाट सञ्चालित योजना तथा कार्यक्रमको प्रथम समिक्षा वैठकको आयोजना गरेको हो ।

समिक्षा कार्यक्रममा जिल्लाका चार मध्ये तीन वटा नगरपालिकाका अलवा अन्य सरकारी गैर सरकारी संघ संस्थाले गत वर्षको विकास निर्माण कार्यको वजेट, त्यसबाट भएको उपलव्धी, कार्यान्वयनमा देखिएका समस्याका बारेमा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य महेश बस्नेतले भक्तपुरमा कार्यक्रम प्रभावकारी भएको बताउँदै जिल्लामा पछिल्लो समय विकास निर्माणमा तिब्रता आएको बताउँनु भयो ।

सडक, ढल, ठुला पुर्वाधार विकासका काम सञ्चालन हुदै गरेको जानकारी दिदै सांसद बस्नेतले जिल्लामा अन्तर्रा्ष्ट्रियस्तरको रङ्गशाला, पाँच हजार क्षमताको सभाहल निर्माण, हनुमन्ते कोरिडोर लगायतका काम अघि बढ्न लागेको जानकारी दिनुभयो ।

पूर्वउद्योगमन्त्रीसमेत रहनुभएका बस्नेतले विकासका सबै पूर्वाधार निर्माण गर्ने, शिक्षा र स्वास्थ्यमा पहुँच अभिवृद्धि गर्ने, उज्यालो, सुरक्षित र शान्त भक्तपुर बनाउने अभियानमा आफु रातोदिन खटिएको बताउँदै भकारीमुलमा रंगशाला निर्माणमा बिरोध आएपछि सिपाडोल नंखेलमा सम्भाव्यता अध्ययत भईरहेको जानकारी दिनुभयो ।

जतिसुकै विरोधी गरेपनि अवको चार वर्षमा विकासका दृष्टिले भक्तपुरलाई नमूना जिल्ला बनाई छाड्ने बस्नेतको भनाई थियो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले ढिलै भएपनि समितिले समिक्षा कार्यक्रम गरेको बताउँदै अव कागजी प्रगति गर्ने क्रममा सुधार ल्याई जनताले प्रत्यक्ष फाईदा पाउँनेगरी काम अघि बढाउँनु पर्ने बताउँनु भयो ।

प्रमुख गेलालले समिक्षिामा सबै भन्दा राम्रो प्रस्तुतिका लागि सुर्यविनायक नगरपालिकालाई धन्यवाद समेत दिनुभयो ।

गेलालले जिल्लाको समग्र विकासका लागि समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै सरकारले अधिकार प्रत्यायोजित गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सुर्यविनायक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिमिल्निा, चाँगुनारायण नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुण्य प्रसाद लुईटेल, मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ, युवा क्रियाकलाप समाज सोयाका अध्यक्ष राधेश्याम सुवाल, लगायतले आ–आफ्नो कार्यालयको प्रस्तुति गर्नु भएको थियो ।

Exit mobile version