प्रधानमन्त्रीलाई भोलि बिहानसम्म डिस्चार्ज गरिने

काठमाडौं , कार्तिक १६, २०७५ ।

उपचारका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उल्लेखीय सुधार भएको चिकित्सकले बताएका छन्।

प्रधानमन्त्रीकी निजी चिकित्सक डाक्टर दिव्या सिंहका अनुसार आज साँझ वा भोलि बिहानसम्म प्रधानमन्त्रीलाई डिस्चार्ज गर्ने तयारी छ।

औषधीको मात्रा शुक्रबार साँझ पूरा हुने उनले बताइन्। संक्रमण भएको बिरामीलाई प्रायस् एक साता औषधी प्रयोग गरिन्छ।

रुघाखोकी, ज्वरो र छातीको संक्रमणपछि प्रधानमन्त्री सोमबार बिहान त्रिवि शिक्षण अस्पताल परिसरको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए।

डाक्टर अरुण सायमी नेतृत्वको चिकित्सक टोलीले प्रधानमन्त्रीको उपचार गरिराखेको छ।

Exit mobile version