मैनबत्तीबाट आगलागी हुँदा पाँच घर जलेर नष्ट

कृष्णनगर , कात्तिक २४ गते ।

कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको मैनबत्तीबाट आगलागी हुँदा कपिलवस्तुमा पाँच घर जलेर नष्ट भएका छन् ।

स्थानीय दामोदर मिश्राका अनुसार आगलागीबाट इस्लामनगरका शिवप्रसाद अराख, सन्तराम लोनिया, चन्द्र लोनिया, राममुरत मुराउ र वंसीनाथ लोनियाको खरले छाएको फुसको घर जलेर नष्ट भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ ।

आगलागीबाट रु दुई लाखबराबरको क्षति भएको छ भने अग्निपीडित खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन् ।

आगोबाट मानवीय क्षति भने नभएको बताइएको छ ।

Exit mobile version