अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

दुल्लु, कार्तिक २९  ।

दैलेखको दुल्लु नगरपालिका–८ दुवारीचाखामा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय तीन वर्षीय मनिष नेपाली रहेको दुल्लु अस्पतालका वरिष्ठ अहेव खड्ग शाहीले जानकारी दिनुभयो ।

मृतक बालकका आमा टिपुरी नेपालीका अनुसार बुधबार अरिङ्गालको गोलामा जेठो छोराले जिस्क्याउँदा कान्छा छोरा

मनिषलाई अरिङ्गालले टोकेको हो ।

अरिङ्गालको टोकाइबाट पूरै शरीरमा विष फैलिएर गम्भीर अवस्थामा रहेका बालकलाई धेरै मात्रामा पानी खुवाएका कारण ज्यान गएको अहेव शाहीले बताउनुभयो ।

उहाँका अनुसार बालकको दुल्लु अस्पतालमा पु¥याएपछि मृत्यु भएको हो ।

Exit mobile version