पोखरीमा डुबेर किशोरको मृत्यु

भरतपुर, वैशाख २ गते ।

पोखरीमा डुबेर आज एक किशोरको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–६ ओरालो घोलस्थित पोखरीमा डुबेर सोही स्थान बस्ने राजेश न्यौपानेका १३ वर्षीय छोरा सरोज न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गर्मीको समयमा पौडी खेल्न गएका उनी दिउँसो १२ बजे पोखरीमा डुबेका थिए ।

उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज ल्याउँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

Exit mobile version