काठमाडौं, वैशाख २२ गते ।
देशभरका सरकारी कार्यालयका वेबसाइट ठप्प भएका छन् । सरकारी सिस्टम डाउन भएपछि देशभरका सवारी वेबसाइट नखुलेको बताइएको छ ।
सरकारी सर्भर डाउन भएपछि देशरभरका सरकारी सेवा प्रभावित भएका छन् । यसले गर्दा सेवाग्राही प्रभावित भएका हुन ।
हाल सरकारले विभिन्न सेवालाई अनलाइनमा आधारित बनाउँदै लगेको छ । सर्भर डाउन भएपछि देशभरका विभिन्न सरकारी कार्यालयमा अनलाइनबाट हुने काम बन्द भएको हो ।
विशेष गरी मालपोत, यातायात, राहदानी लगायतका विभागका सेवाग्राही सर्भर डाउन भएपछि समस्यामा परेको पाइएको छ ।