२४ लाख ५० हजार भारतीय रुपैयाँ भएको झोला छोडेर ब्यक्ति फरार, सशस्त्र प्रहरी द्वारा ठुलो धनरासी बरामद

कपिलवस्तु, २८ साउन ।

सशस्त्र प्रहरी (एपीएफ) ले कपिलवस्तुबाट २४ लाख ५० हजार भारतीय रुपैयाँ बरामद गरेको छ। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नम्बर १ बाट २८ साउनमा एपीएफ टोलीले २४ लाख ५० हजार भारतीय रुपैयाँ बरामद गरेको हो।

सशस्त्र प्रहरी बल, नेपाल अस्थायी सुरक्षा पोष्ट कुकुर भुकुवाबाट खटिएको एपीएफ टोलीले उक्त रुपैयाँ बरामद गरेको जानकारी सशस्त्र प्रहरी नाय उपरीक्षक अजय छतकुलीले जानकारी दिए।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले एपीएफ टोलीलाई देख्नासाथै झोला छाडी भागेपछि उक्त झोलामा जाँच गर्दा पाँच सय दरको चार हजार नौ सय भारतीय नोट फेला परेको हो।

Exit mobile version