बाजुराको मुख्य राजमार्ग साँफे-मार्तडी सडक अवरुद्ध

बाजुरा, भदौ १७।

बाजुराको मुख्य राजमार्ग अन्तर्गत पर्ने साँफे-मार्तडी सडक खण्ड अवरुद्ध भएको छ।

आइतबार देखि निरन्तर परेको अविरल वर्षा सँगै आएको पहिरोले सडक २ ठाउँमा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार साँफे मार्तडी सडक खण्डको बुढिगंगा नगरपालिका ३ ताप्रिसेरा, र सोही नगरपालिकाको अम्कोटमामा पहिरो आएर सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन्, भने छोटो तथा लामो दुरिका सवारीसाधन बिच बाटोमै रोकिएका छन्।

पहिरोका कारण अवरोध भएको सडकको पहिरो हटाउन पहल भइरहेको भए पनि वर्षा नरोकिएकाले तत्कालै बाटो खुल्ने अवस्था नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरिले बताउनुभयो ।

बिहानै देखि अवरुद्ध भएको सडक नखुल्दा स्थानीयलाई आवतजावत तथा दैनिक उपभोग्य सामग्री ढुवानी र ओसारपसारमा समस्या भएको छ।

राजेन्द्र बि. क. – रेडियो नेपाल

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।

Leave a ReplyCancel reply

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading

Exit mobile version