गोदवरीको भावर मासेर राजधानी बनाउँदा प्राकृतिक विपत्तिको खतरा

धनगढी, आश्विन १५, २०७५  ।

चुरे फेदेको भावर क्षेत्रमा पर्ने कैलालीको गोदवरीको जंगल मासेर राजधानीको बनाउँदा भविष्यमा प्राकृतिक विपत्ति निम्तिने खतरा रहेको विज्ञहरुले बताएका छन्। प्रदेश नम्वर ७ को स्थायी राजधानी कैलालीको गोदावरी स्थित वन क्षेत्रमा राख्ने निर्णय भएसंगै विज्ञहरुले कालान्तरमा प्राकृतिक विपत्ति निम्तिने खतरा रहेको बताएका हुन्।

चुरेको फेदीमा रहेको भावर क्षेत्रको जंगल फडानीले तल्लो तटिय क्षेत्रमा बाढी नियन्त्रण गर्न नसकिने भएकाले बेलैमा सतर्क हुनु आग्रह गरिएको छ। बन विज्ञ रमेश चन्दले वर्षौंदेखि प्राकृतिक सन्तुलन कायम गर्न भूमिका खेलेको चुरेको फेदको भावर क्षेत्रका हरिया रूख मासेर राजधानीको कल्पना गर्दा भविष्यमा ठुलो संकट निम्तिन सक्ने बताए।

गोदावरी भावर भएकाले भावरमा पानी नहुने र पानी रिचार्ज गर्ने काम पनि भावरले नै गरेको हुन्छ। व्न विज्ञ चन्दका अनुसार भावरमा पानी रिचार्ज भएकै कारण तल्लो तटीय क्षेत्रमा पानीको उपलब्धता हुन्छ। भावर क्षेत्रमै राजधानी बसाएर जंगल फडानी गर्ने हो भने, तल्लो तटीय क्षेत्र सुक्खा हुने उनको भनाई छ।
गेदावरी नगरपालिका वडा नम्वर २ र ४ बाटै चुरे पहाड सुरु हुने भएकाले चुरेको फेदमै राजधानी बसाउँदा भविष्यमा चुरे विनासको सम्भावना प िबढ्दै जाने छ। राष्ट्रिपति चुरे तराईमधेस संरक्षण कार्याक्रम सञ्चालन गरेको सुनौलो नेपालकी संयोजक क्षितीज विष्टले चुरे संरक्षणका लागि त्यस्को फेदमा रहेको भावर क्षेत्रको पनि संरक्षण आवश्यक छ।
राजधानी भएपछि सो क्षेत्रमा चहलपहल बढ्ने, सडक लगायतका अन्य भौतीक संरचना पनि निर्माण हुने र त्यस्तो बेला वन अतिक्रमण बढ्ने आशंका विष्टको छ। जिल्ला वन डिभिजन कार्यालयका प्रमुख अमर बुलनले राजधानी बनाउने क्षेत्र पुर्ण रुपमा बनमा रहेकाले सो क्षेत्रको जंगल फडानी गर्दा बृक्षारोपणमा पनि ध्यान दिनुपर्ने बताए।

गोदावरीको जंगलमा राजधानी राख्ने तयारी भएपनि संसदीय समितीले एक जना विज्ञसंग पनि बन क्षेत्रमा राजधानी स्थापना गर्दा हुने जोखीमका बारेमा छलफल पनि गरेको छैन्। जिल्ला बन डिभिजन कार्यालयलाई पनि सो बारेमा कुनै जानकारी नै छैन्। बन क्षेत्रमा सामान्य संरचना बनाउँदा पनि बातावरणीय प्रभाव मुल्याङकन गर्नुपर्ने भएकाले तेघरीको जंगलमा राजधानी स्थापना गर्दा पनि बातावरणिय प्रभाव मुल्याङकन भने गर्नुपर्ने बन विज्ञ चन्दले बताए।

त्यसैले बनमा राजधानी मात्रै होईन सामान्य संरचना निर्माण गर्दा पनि सतर्कता अपनाउनुपर्ने उनको बुझाई छ।

Exit mobile version