चाडपर्व लक्षित नागरिक सहायता कक्ष स्थापना

धनगढी , आश्विन १५, २०७५ ।

दशैँ तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सुदूरपश्चिम प्रदेशका १२ स्थानमा नागरिक सहायता कक्षा स्थापना गरेको छ।

चडपर्वका बेला यात्रुको सहज र सुरक्षीत आवागमनको व्यवस्था मिलाउन नागरिक सहायता कक्ष स्थापना गरेर सेवा सुरु गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले कैलालीको अत्तरिया बसपार्क, धनगढी बसपार्क, लम्कीचुहा बसपार्क कञ्चनपुरको महेन्द्रनगर बसपार्क, डडेल्धुराको बागबजार बसपार्क र स्याउलेमा नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ।

यस्तै डोटीको पिपल्ला, बैतडीको गोठलापानी, अछामको मंगलसेन, बझाङको सिमखेत, दार्चुलाको खलङ्गा र बाजुराको मार्तडी बसपार्कमा सहायता कक्षा स्थापना गरी सेवा सुरु गरिएको हो।

सहायता कक्षले दुर्घटना समेत न्यूनीकरणमा समेत सहयोगी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Exit mobile version